काँक्रेविहार हाफ म्याराथन प्रतियोगिता सम्पन्न

सुर्खेत । अन्तर्राष्ट्रिय ओलम्पीक डे को अवसरमा सुर्खेतमा काँक्रेविहार हाफ म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषदको समन्वय र मिड वेस्टर्न फिटनेश सेन्टरको आयोजनामा काँक्रेविहार हाफ म्याराथन प्रतियोगिता सम्पन्न गरिएको हो ।


वीरेन्द्रचोकबाट सुरु भएको म्याराथन दौड मंगलगढी चोकहुँदै सुब्बाकुना, बुलबुले, बाङ्गेसिमल, खोर्केखोला हुँदै पुनः वीरेन्द्रचौकमै पुगेर सम्पन्न भएको थियो । प्रतियोगितामा २१ किलोमिटर दौडमा पुरुषतर्फ प्रथम तिर्थकुमार पुन, दोस्रो राजन रोकाय, तेस्रो चिनेबहादुर बुढा, चौथो खगेन्द्रबहादुर भाट, पाँचौ सुवास कार्की र छैटौं श्रीकाश राई विजयी भएका छन् । उनीहरुलाई क्रमस ७१ हजार, ४१ हजार, ३१ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

पाँच किलोमिटर दौडमा विकास विक प्रथम, अजय विक दोस्रो र प्रकाश बुढा तेस्रो भएका छन् । महिलातर्फ बिमला कार्की, निशा मल्ल र लक्ष्मी शाही विजयी भएका छन् । उनीहरुलाई पनि नगद पुरस्कार र प्रमाणपत्र समेत प्रदान गरिएको छ ।

ऐतिहासिक महत्वको काँक्रेविहारको प्रचारप्रसार र कर्णालीमा खेल पर्यटनको प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको सञ्चालक प्रमोद हमालले जानकारी दिए । प्रतियोगितामा एक हजार बढीले सहभागी जनाएका थिए ।