काठमाडौं । घोषणापत्रमा ओलीले गरेको टिप्पणीको नेपाली कांग्रेसले आज जवाफ दिने भएको छ । चुनावी घोषणापत्रमाथि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरेको टिप्पणीको नेपाली कांग्रेसले आज जवाफ दिने भएको छ । ओलीले नेपाली कांग्रेसको घोषणापत्रमाथि गरेको टिप्पणीको जवाफ कांग्रेसका महामन्त्री तथा घोषणापत्रका संयोजक गगनकुमार थापाले दिउँसो १ बजे बत्तिसपुतलीमा हुने एक कार्यक्रमबाट दिन लागेका हुन् ।
आज अनुपम फुडल्याण्डमा स्थानीय निर्वाचन अभियान सम्बन्धि कार्यक्रमको आयोजना गरिएको छ। नेकपा एमालेका अध्यक्ष ओलीले हिजो सार्वजनिक कार्यक्रममा कांग्रेसको घोषणापत्रलाई लिएर ‘पागलहरुको प्रलाप’ भनेर आलोचना गरेका थिए ।पार्टीका प्रवत्ता प्रकाश शरण महतले ओलीले निर्वाचन आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए ।
ए.के. सञ्चार । १४ बैशाख २०७९, बुधबार १२:३१