मोटरसाइकलको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

कैलाली । कैलालीको भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भजनी नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन् ।

गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिडिरहेका बृद्धलाई ठक्कर दिएको हो । मोटरसाइकल सहित फरार रहेका चालकको खोजी भइरहेको छ ।