सुर्खेत–२ मा रास्वपाका सापकोटा लिए अग्रता



सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुर्खेत क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेशकुमार सापकोटा अग्रस्थानमा रहेका छन्।

हालसम्मको मतगणनाअनुसार सापकोटाले १२ हजार ५४३ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कुलमणी देवकोटा ले ९ हजार ८३९ मत पाएका छन्।

यसैगरी नेपाली काँग्रेसका नारायण कुमार कोइराला ले ८ हजार ५८८ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिस्ट पार्टीका झकबहादुर मल्ल ले ३ हजार २३९ मत ल्याएका छन्।

यस परिणामअनुसार रास्वपाका सापकोटा एमालेका देवकोटाभन्दा ३ हजार ९५५ मतले अगाडि रहेका छन्। कर्णाली प्रदेशभर मतगणना भइरहेका क्षेत्रमध्ये सुर्खेत क्षेत्र नम्बर २ मा रास्वपाले अग्रता कायम गरेको हो।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार