कञ्चनपुर-२ मा रास्वपाका बोहरा निर्वाचित



कञ्चनपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी भएका छन्। उनले ३३ हजार ९५२ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिएका छन् ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद ९एनपी०ले १० हजार ८२७ मत, नेकपा (एमाले)का बचनबहादुर सिंहले छ हजार ४१८ मत, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का माधवप्रसाद पन्तले छ हजार ३३७ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का तिर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८२ फागुन २३ गते शनिबार