सुर्खेतको भेरीगंगामा एमालेको अग्रता

सर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका एमालेको अग्रता देखिएको छ । वडा नम्वर १ मा ३४८ मत गणना हुदाँ नेकपा एमालेका नगर प्रमुख पदका उम्मेदवार यज्ञ प्रशाद ढकालले १५५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका राम बहादुर सिंहले १५३ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा नेकपा एमालेकी धनसरा बोहोरा र नेपाली कांग्रेस र माओवादीका साझा उम्मेदवार नरेन्द्र कार्कीले बराबर १५३ मत प्राप्त गरेका छन् ।

यस्तै वडा अध्यक्षहरुमा नेकपा एमालेका दुश्मन शर्माले १५७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका दिनेश पुलामीले ७९ र नेकपा माओवादीकी सम्झाना कार्कीले ९६ मत प्राप्त गरेका छन् ।

यस्तै वडा नम्वर २ मा ४ सय १ मत गणना हुदाँ यज्ञ प्रशाद ढकालले २१० र नेपाली कांग्रेसका राम बहादुर सिंहले १३२ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा एकालेकी धनसरा बोहोराले १५६ र गठबन्धनका साझा उम्मेदवार नरेन्द्र कार्कीले १७६ मत प्राप्त गरेका छन् ।

यस्तै वडा अध्यक्षहरुमा नेकपा एमालेका मदन बुढा १६१ नेपाली कांग्रेसका कर सिं रावतले १ सय र नेकपा माओवादीका चिरन्जीवी बुढाले ११८ मत प्राप्त गरेका छन् ।