देशभर थप १४७८ जनामा काेराेना सङ्क्रमण पुष्टि, ६ जनाकाे मृत्युु

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७८ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार ९ सय ३० जनाको नमुना परीक्षण गर्दा १ हजार ४ सय ७८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १० दशमलव ६१ प्रतिशतमा सङ्क्रमण देखिएकाे हो । आज थपिएकासहित कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७७ हजार चार सय ३७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६ सय ३० जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या सात लाख ५५ हजार ६ सय ३० पुगेको छ ।

यही अवधिमा थप ६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९ पुगेको छ ।