सल्यान । सल्यानमा विजयी उत्सव मनाउन आउँदै गरेको गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १० जना बढी घाइते भएका छन् ।
जिल्लाको कुमाख गाउँपालिकामा कांग्रेस र एमालेको गठबन्धनले जितेको उत्सव मनाउन गाडीमा आउँदै गरेकाहरुलाइ करेन्ट लागेको हो । गाडीको छतमा झण्डा समाएर बस्नेतज्युलाबाट शान्तिबजार आउँदै गरेकाहरुलाइ विजुलीको तारबाट करेन्ट लागेको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत विवरण आएको छैन् । रागेचौर प्रहरीकाअनुसार छतमा बसेकाहरुले विद्युतको तारले छुँदा घटना भएको हो । घाइतेहरुलाइ रुकुम चौरजहारी अस्पताल लगिएको छ । मृतकको पहिचार खुलेको छैन् ।
ए.के. सञ्चार । २ जेष्ठ २०७९, सोमबार १२:३०