चिसाे माैसममा अण्डा खानुका फाईदा

अण्डा प्रोटिनको सबैभन्दा राम्रो स्रोत हो । यो पौष्टिक तत्वको पावरहाउस हो । अण्डालाई थुप्रै कुरासँग मिसाएर खान सकिन्छ । यसबाहेक यसलाई थुप्रै तरिकाले बनाउन पनि सकिन्छ । उसिनेको अण्डामा हेल्दी फ्याट हुन्छ जसले तौल बढ्न दिँदैन । यसबाहेक यसमा प्रोटिनको प्रचुर मात्रा भएका कारण यो शरीरमा टुटे फुटेको कोशिकाको मर्मत गर्नमा काम लाग्छ । अण्डाको नानीमा भएको भिटामिन डीले चिसो र फ्लूबाट जोगाउन पनि मद्दत गर्छ । दैनिक उसिनेको अण्डा खाँदा प्रतिरोधी क्षमता असाध्यै राम्रो हुन्छ । अण्डाले निकै छिटो ऊर्जा प्रदान गर्छ । अण्डाको सेवन छाला, आँखा र कपालका लागि पनि फाइदाजनक हुन्छ ।

अण्डामा पाइने तत्वः

उसिनेको एउटा अण्डाको सेवनले ७७ क्यालोरी ऊर्जा पाइन्छ । यसबाहेक एउटा उसिनेको अण्डामा ०.६ ग्राम कार्बोहाइड्रेट, ५.३ ग्राम फ्याट, १.६ ग्राम स्याचुरेटेड फ्याट, २ ग्राम मोनोस्याचुरेटेड फ्याट, २१२ मिलिग्राम कोलेस्ट्रोल, ६.३ ग्राम प्रोटिन, ६ प्रतिशत भिटामिन ए, १५ प्रतिशत भिटामिन बी टु, ९ प्रतिशत भिटामिन बी१२, ७ प्रतिशत भिटामिन बी५, ८६ मिलिग्राम फोस्फोरस र २२ प्रतिशत सेलेनियम पाइन्छ । चिसो मौसममा शरीरको आन्तरिक तापक्रम घट्ने भएकोले यसलाई बढाउनका लागि शरीरलाई अतिरिक्त ऊर्जाको आवश्यकता पर्छ । अण्डाले यो कमीको भरपाई निकै छिटो गर्छ ।

अण्डाका फाइदाः

मुटुको स्वास्थ्यः

अण्टामा धेरै कोलेस्ट्रोल हुन्छ तर यो मुटुको स्वास्थ्यका लागि हानिकारक भने हुँदैन किनभने यो डाइटरी कोलेस्ट्रोल हो । अण्डाको सेवन गर्दा ब्याड कोलेस्ट्रोल बढ्दैन । यसै कारण अण्डाले मुटुको स्वास्थ्यलाई तन्दुरुस्त राख्छ ।

आँखा र दिमागः

अण्डामा जुन एन्टिअक्सिडेन्ट पाइन्छन्, त्यो आँखा र दिमागको स्वास्थ्यका लागि आवश्यक हुन्छ । अण्डामा कोलिन रसायन पाइन्छ जसले स्नायु प्रणालीलाई बलियो बनाउँछ र यसले स्मरण शक्ति पनि बढाउँछ । अण्डामा पाइने भिटामिन ए आँखाको स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ ।

प्रोटिनको कमी पूरा गर्छः

एउटा अण्डामा ६ ग्रामभन्दा बढी प्रोटिन हुन्छ । यसको लगातार सेवन गर्दा तपाईंको शरीरमा प्रोटिनको कमी हुन पाउँदैन र तपाईंले ताकत पनि पाउनुहुन्छ । शरीरमा कोशिकाको मर्मतको काम प्रोटिनले नै गर्दछ ।

आइरनको कमी पूरा गर्छः

अण्डामा आइरन पनि प्रचुर मात्रामा पाइन्छ । अण्डाको सेवनले शरीरको थकान पनि कम गर्छ । यदि तपाईंलाई रिँगटा लागिरहन्छ भने यसका लागि अण्डा असाध्यै उपयोगी हुन्छ । शरीरमा आइरनको कमीलाई पूरा गर्नका लागि अण्डाको नानी पनि सेवन गर्नुहोस् ।

इम्युनिटी बुस्टरः

दैनिक उसिनेको अण्डा खानुहुन्छ भने शरीर बलियो रहन्छ । अण्डामा एन्टी अक्सिडेन्ट, भिटामिन, प्रोटिन र थुप्रै पोषक तत्व पाइन्छन् जसले तपाईंको प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ ।