२०८२ असार १३ , शुक्रबार

सल्यानको कपुरकोट गाउँपालिकामा एकीकृत समाजवादीका पुन विजयी



सल्यान ।  सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन विजयी भएका छन् ।गठबन्धबाट अध्यक्षको उम्मेदवार बनेका पुनले एमालेका भीमबहादुर सेनलाई २२४ मतान्तरले हराएका हुन् । पुनले ३१६० मत प्राप्त गर्दा सेनले २९३६ मत प्राप्त गरे ।

माओवादी केन्द्रका प्रकाश भण्डारी ३२४० मत प्राप्त गरेर उपाध्यक्ष पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका भीमा बुढाथोकीले २७४५ मत प्राप्त गरिन् ।कपुरकोटमा समाजवादी र माओवादीबीच गठबन्धन भएको थियो ।

 

प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार