प्रदेश अधिवेशनमा पौडेलपक्षलाई नबोलाउनु दुखत : भुपेन्द्रजंग शाही

सुर्खेत । वीरेन्द्रनगरमा आजबाट सुरू भएको कांग्रेसको प्रदेश अधिवेशन अन्तरर्गत कर्णाली प्रदेशको अधिवेशनमा पौडेलपक्षका नेताहरुलाई खबर नदिनु दुःखत भएको कांग्रेस नेता भुपेन्द्रजंग शाहीले बताएका छन् ।

नेता शाहीले बिहिबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै पौडेल विचार समूहमा रहने नेताहरुलाई कुनै पनि जानकारी नदिइ कांग्रेसको महाधिवेशन गरिनु दुःखत रहेको बताएका हुन् ।

उनले भने ‘मलाई अधिवेशन बारे कुनै जानकारीनै भएन् त्यसैमा पनि पौडेलपक्षका नेताहरूबाट अधिवेशनबारे कुनै जानकारी नभएको भन्ने खबर सुनेपछि साह्रै दुःख लायो ।’ शाहीले थपे ‘नेपाली कांग्रेसको यो महाधिवेशन भनेको कुनै गुटको महाधिवेशन हैन् होला पक्कै पनि तर, गुट पनि हुन्छ हुनलाई त । यदी त्यसोभए हामीलाई आपत्ति भएन् । तर, कांग्रेसको विचार, एजेन्डा फरक होला आजको अधिवेशन त पार्टीको होलानी ।’

शाहीले प्रदेश जस्तो महाधिवेशन गर्दा सबै पक्षसँग सल्लाह गरेर निर्णयगरि जार्नु पर्नेमा देउवा पक्षमा नेताहरू एकतर्फि चलेको राम्रो नभएको बताए । कालिकोटका भुपेन्द्रजंग शाही पौडेलपक्षबाट कांग्रेस कर्णाली प्रदेश सभापतिका दावेदार समेत हुन् ।