सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ऐन बहादुर चन्दले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।सुर्खेतका स्थानीय तहमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने उनी पहिलो जनप्रतिनिधि हुन् । उनले पदभार ग्रहण गर्दै निष्ठाको राजनीति गर्ने भन्दै सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
नवनिर्वाचित अध्यक्ष चन्दको सम्पत्तिको नाममा साङ्ग्रिला बैंकमा ८ हजार ३ सय ६२ रकम र १२५ सीसीको होन्डा साईन बाइक रहेको बताएका छन् । त्यस्तै बुबाको नाममा ४ कोठाको कच्ची घर रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन् ।
ए.के. सञ्चार । १२ जेष्ठ २०७९, बिहीबार ११:०४