सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन आगामी चैत २६ गते गर्ने निर्णय

सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघको निर्वाचन आगामी चैत २६ गते गर्ने निर्णय गरिएको छ ।

संघको पदाधिकारीहरुको बैठकले चैत २६ गते निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि मंसिरमा बसेको साधारणसभाले चैतमा निर्वाचन गर्ने कार्यतालिका बनाएको थियो ।

हालसम्म सुर्खेतका १ हजार आठसयभन्दा धेरै व्यवसायीले आफ्नो सदस्यता नविनकरण गरिसकेको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए । उनले अझै पाँच सयसम्म सदस्यहरुको नविकरण गर्न बाँकी रहेको भन्दै फागुन २६ गते नविकरण गर्न सक्ने व्यवस्था रहेको बताए ।