रेडियो नेपाल चाैकमा फाेर्स गाडी दुर्घटना, ७ जना बढि घाइते

सुर्खेत । वीरेन्द्रनगरकाे रेडियाे नेपाल चाैकमा सवारी दुर्घटनामा सात जना बढी घाइते भएका छन् । सुर्खेतबाट जुम्लातर्फ जाँदै गरेकाे भे १ ख २५७४ नम्बरकाे फाेर्स गाडी अनियन्त्रित भएर दुर्घटना भएकाे हाे । दुर्घटनामा घाइते भएकाहरूकाे अहिले प्रहरी र स्थानीयबासीले उद्धार गरेर अस्पताल पठाइएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

उनकाअनुसार गाडीमा २१ जना यात्रु सवार थिए । यीमध्य  अधिकाँश सामान्य घाइते रहेकाे र चार जनाकाे गम्भीर रहेपनि पहिचान खुलेकाे छैन् । घाइतेहरूकाे उद्धार गरेर प्रदेश अस्पताल कालागाउँ लगिएकाे छ ।