काठमाडौं । तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको अन्तिम शव फेला परेको छ । सोमबार २१ शव फेला परेको थियो । आज अन्तिम शव फेला परेको नेपाली सेनाले जनाएको छ ।सोमबारै १० शव सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । बाँकी १२ शव आजै काठमाडौं ल्याउने तयारी गरिएको सेनाले जानकारी दिएको छ ।
उक्त विमान मुस्ताङको थासाङ गाउँपालिका–२, सानोसरेमा दुर्घटना भएको थियो । विमानमा चालक दलका तीन सदस्य र १९ यात्री सवार थिए । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको ९एनएईटी विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
ए.के. सञ्चार । १७ जेष्ठ २०७९, मंगलवार १०:०४