कालिकोट । कालिकोटको सानी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसी पुनः पार्टीमै फर्किएका छन् । नेकपा माओवादी केन्द्रबाट बागी उम्मेदवारी दिएर जितेका अध्यक्ष केसी पार्टीमै फर्किएका हुन् ।
गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा पार्टीका डम्बरबहादुर शाहीलाई पराजित गर्दै बागी उम्मेदवारी दिएका केसी निर्वाचित भएका थिए ।
पुतली चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएर जितेका केसीले शाहीलाई ४८५ मतले पराजित गरेका हुन् । स्वतन्त्र उम्मेदवारी दिएर जितेपछि केसी बुधबार र बिहीबारको पार्टी अभिमुखीकरण कार्यक्रममा सहभागी हुन काठमाडौं गएका छन् । माओवादीले जितेका कुल स्थानीय तह १२२ पुगेको छ ।
ए.के. सञ्चार । १९ जेष्ठ २०७९, बिहीबार १६:०२