बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगायाे

सुर्खेत । कर्णाली नदीमा आएको बाढीले सुर्खेत–कैलाली जोड्ने निर्माणाधीन पुलका सामग्री बगाएको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार मंगलबार आएको सुर्खेतको चौकुने गाउँपालिका–१० सुर्खेतको चिम्लेस्थित कैलाली जोड्ने पक्की पुलका निर्माण सामग्री बाढीले बगाएको हो ।

अनक कस्न्ट्रक्सन प्रालिले निर्माण जिम्मा पाएको साे पुलका सामग्रीमा सरिया, ग्याभिनतार र मिक्स्चर मेसिन बाढीले बगाएको प्रहरीले जनायो । बाढीले क्रेन भने डुबाएको छ । बाढीले पुलका सामान बगाएको सूचना पाएलगत्तै जिल्ला प्रहरी कार्यालयले अस्थायी प्रहरीचौकी घाटगाउँबाट प्रहरी सहायक निरीक्षक मनोजकुमार शाहीको नेतृत्वमा चार जना प्रहरीलाई क्षतिको विवरण सङ्कलन गर्न घटनास्थल पठाएको थियो ।