मुगुमा आगलागीबाट २ घर जलेर नष्ट

मुगु । मुगु जिल्लाको खत्याड गाउपालिकामा आगलागीबाट २ घर जलेर नष्ट भएका छन् । खत्याड गाउपालिका ४ पैखुगाउँमा मंगलबार बिहान आगलागी हुदाँ २ घर जलेर नष्ट भएका हुन् ।

खत्याड गाउँपालिका–४ पैखुगाउँका चुत्तबहादुर थापा र सारदा थापाको घर पूर्ण रुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

आगलागीको कारण क्षतिको विवरण आउन बाँकी रहेको हमालले बताए ।