वीरेन्द्रनगर-१२ चनाैटेमा जेबि डान्स एकेडेमी संचालनमा

सुर्खेत । “जेबि डान्स एकेडेमी” काे शनिबार उद्घाटन भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर-१२ चनाैटे सुर्खेतमा जेबि डान्स एकेडेमीकाे उद्घाटन भएको हाे । कार्यक्रममा जेबि डान्स एकेडेमीका संचालक जेनिट बिष्टको प्रशंसा गर्दै अतिथिहरुले नयाँ कार्यको लागि हार्दिक बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा उपस्थित चेतना बिद्या निकेतन बाेडिङ्ग स्कुलका प्राध्यापक हुमलाल भट्टराईले नृत्यले मानिसलाई स्वस्थ्य राख्ने हुदा जाे काेहिले पनि नृत्य गर्दा राम्रो हुने बताए । वीरेन्द्रनगर चनाैटेमा डान्स एकेडेमी संचालन हुदा आफ्ना विद्यालयका विद्यार्थीहरुलाई सहयोग पुग्ने बताए । चनाैटेमा हुने रमाइला कार्यक्रम, सभा, समारोहमा नृत्य प्रशिक्षक अब बाहिरबाट ल्याउन नपर्ने जनाए । भट्टराईले भने; जेनिट बिष्ट मैले पढाएको विद्यार्थी हुदा, मेराे विद्यार्थीले यस्तो प्रशंसा गर्न लायक कार्य गर्दा आफू उसकाे शिक्षक भएकोमा गर्भ महसुस भएको बताए ।

यस्तै मानव धर्म सेवा समितिकी सन्त महात्मा निर्मला बाईजिले नृत्यले मानिसलाई फुर्तिलो र स्वस्थ्य बनाउने बताईन् । नृत्यका पनि विभिन्न प्रकार भएको हुदा नृत्य गर्न कुनै उमेर समूहले राेक्न नराेक्ने जानकारी दिईन् । वीरेन्द्रनगर-१२ चनाैटेमा डान्स एकेडेमी संचालनमा आउनुमा चनाैटे बासीका बालबालिकालाई गायन र नृत्य कक्षाका लागि टाढा जान नपर्ने बताईन् ।

यस जेबि डान्स एकेडेमीका संचालक जेनिट बिष्टले केही म्युजिक भिडियोमा नृत्य गरेका छन् । बिष्टले हुकुमका एक्का, चट्ट चटकि, मैना चरि जस्ता गीतहरुमा आफ्नाे नृत्य प्रस्तुत गरेका छन् । यस्तै डान्स एकेडेमीमा नृत्य प्रशिक्षक बिनाेद सञ्जाल र जेनिट बिष्टले गर्ने छन् ।