कर्णालीकाे कला संस्कृतिलाई जगेर्ना गर्नुपर्छ: नृत्य निर्देशक नेपाली

जेवि डान्स स्टुडियोकाे शाखा स्थापना

सुर्खेत । नेपाली मौलिक लोक नृत्य बिस्तारै लोप हुने अवस्थामा रहेकाे बरिस्ठ नृत्य निर्देशक कुलमान नेपाली बताएका छन् ।

शनिबार वीरेन्द्रनगर सुर्खेतस्थित जेवि डान्स स्टुडियोकाे शाखा उद्घाटन गर्दै निर्देशक नेपालीले लोकसंस्कृती लोप हुँदा सांस्कृतिक विचलन आउने भएकाले संरक्षणको आवश्यक रहेको बताएका हुन् ।

उनले कर्णालीकाे संस्कृतीको मौलिकपन जोगाईराख्न अध्ययन अनुसन्धानको आवश्यकता बताए ।

लोक नृत्य परिमार्जित र परिस्कृत हुँदै गएको छ’, निर्देशक नेपालीले भने,`लोकसंस्कृतीमा मौलिकपनको खाँचो छ।’ लोक नृत्यको अध्ययन अनुसन्धानको जरुरत रहेको छ । कर्णालीकाे कला र संस्कृतिलाई जगेर्ना गर्नुपर्छ । लाेक गित, लाेक संस्कृतिमा जाेड दिनु पर्छ । विकृति विसंगतिलाई प्राेत्सान हाेईन हाम्रै नेपाली पहिचानलाई निरन्तरता दिनु पर्छ ।`

साथै, उनले जेवि डान्स स्टुडियोकाे सफलताकाे कामना गर्दै शुभकामना व्यक्त गरेका थिए ।

यस्तै, सुर्खेत उद्योग बाणिज्य संघका महासचिव भद्र भण्डारीले नयाँ पुस्ताले आधुनिकताको नाममा विदेशी संस्कृतिलाई ग्रहण गर्दा नेपाली संस्कृतिलाई आत्मसात गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

उनले नयाँ पुस्ताले थालनी गरेकाे कार्यलाई प्राेत्साहन गर्नुपर्नेमा जाेड दिए ।

फिटनेस, मनोरञ्जन, बडी टोन मजबूत, आत्मविश्वास, तनाव व्यवस्थापन, ग्याजेटमोह भंग र मुड फ्रेस जस्ता कुरामा नृत्यबाट फाइदा लिन सकिन्छ उनले भने,` नृत्यले आधुनिक युगमा अझै व्यापकता हासिल गर्छ । हाल नृत्यलाई विषय नै बनाएर पढाउने गरिएको छ । आजभोलि स्कुल, कलेजसँगै राजनीतिक र सामाजिक कार्यक्रममा समेत नृत्य अनिवार्यजस्तै भइसकेको छ। यसले शारीरिक फिटनेसका साथै मानसिक रूपमा स्वस्थ रहनसमेत मद्दत पुर्‍याउछ ।`

जेवि डान्सले ०७९ साउन १ गते स्थापना गरेर विभिन्न नृत्य कक्षा सञ्चालन गर्दै आइरहेको छ । साथै, स्टुडियोबाट मेला, महाेत्सव, सन्देशमूलक र जनचेतनामूलक कार्यक्रमहरुमा सहभागी हुँदै आएकाे जेवि डान्स स्टुडियोका सञ्चालक जेनिट विष्टले जानकारी दिए ।

उनका अनुसार विद्यार्थीकाे माग बमोजिम ०८१ बैशाख १ गते शनिबार वीरेन्द्र चाेक स्थित पुरानो हुलाक कार्यालय अगाडि आफ्नाे शाखा स्थापना गरेकाे जानकारी दिए ।