जुम्ला महाेत्सवमा गायिका ज्याेति मगरमाथि ढुङ्गा प्रहार

सुर्खेत । शनिवार जुम्ला महाेत्सवमा गायिका ज्याेती मगरकाे प्रस्तुति हेर्नेकाे बाक्लो भिड लागेकाे थियाे ।

राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान जुम्लाले आयाेजना गरेकाे महाेत्सवमा अन्य कलाकार भन्दा ज्याेति मगरकाे प्रस्तुति हेर्ने दर्शकहरुकाे बाक्लो भिड थियाे ।

ज्याेति मगरले स्टेजमा आफ्नाे प्रस्तुति दिइरहेकी थिइन् । उनकाे प्रस्तुतिमा शनिवार १० हजार भन्दा धेरै दर्शक रमाई रहेका थिए ।

गायिका मगरको स्वर गुञ्जिने बित्तिकै महाेत्सवमा भएका दर्शकहरु उठेर उनकाे गितमा झुम्मिन थाले । उनले गाएका सबै गितहरुमा दर्शकहरुले मनाेरञ्जन लिएका थिए ।

उनकाे प्रस्तुतिमा झुमेका युवकहरुले भुइँमा रहेकाे माटाे र ढुङ्गा हान्न थाले । त्यति मात्रै नभएर उनीहरुले अपशब्द बाेल्न थाल्छन् ।

उक्त माहाेललाई राेक्नका लागि साउण्ड सिस्टम केही समय बन्द गरिएको थियाे । त्यतिकैमा अन्दाजी २३ वर्षीय युवकले गायिका मगरमाथि ढुङ्गा प्रहार गर्छन् ।

ती युवकले ढुङ्गा हानेकाे सामाजिक सञ्जालमा रहेकाे भिडियोमा प्रष्ट देखिन्छ । तर ज्याेति मगरलाई भने ढुङ्गा लागेन ।

गायिका मगरकाे प्रस्तुतिमा रमाइलो गरिरहेका दर्शकहरु एकछिन तितरबितर हुन्छ । त्यसपछि ती युवकलाई जिल्ला प्रहरी कार्यालय जुम्लामा लगिएकाे राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान जुम्लाका अध्यक्ष कर्णबहादुर बढ्थापाले जानकारी दिए ।

उनका अनुसार गायिका मगरले गित गाइरहेकाे समयमा अचानक प्राविधिक समस्याका कारण लाइन गएको हुँदा ती युवकले ढुङ्गा हानेकाे बताए ।

प्राविधिक समस्या कारण लाइन गएकाे थियाे अध्यक्ष बुढ्थापाले भने,` सबै गायिका मगरकाे प्रस्तुतिमा रमाइलो गरिएका थिए । त्यहि समयमा लाइन गयाे । उक्त दिन १० हजारभन्दा धेरै दर्शककाे भिड पनि थियाे । सुरक्षाकर्मीलाई पनि भिड समाल्न हम्मेहम्मे भएको थियाे । त्यहि बिचबाट एकजना युवकले आयाेजकलाई भनेर प्राविधिक समस्या हाे भनेर हल्ला गर्दै ढुङ्गा हानेका थिए । तर, ज्याेति मगरलाई कहि कतै केही पनि भएको छैन् ।`

जेनेरेटरमा तेल सकिएकाे र लाेडसेटिङ्गका कारण बति गएको हुँदा केही समय ज्याेति मगरकाे प्रस्तुति राेकिएकाे अध्यक्ष बुढ्थापाकाे भनाइ छ ।

समाजिक सञ्जालमा गायिका मगरकाे आलोचना भइरहेको छ । विशेष उनकाे लगाएको लुगामा धेरैले टीका टिप्पणी गरेका छन् ।

यसै बिषयलाई लिएर गायिका मगरले साेमबार फेसबुकमा यस्तो लेखेकी छन् ।

भएकाे के हाे भने १० हजारभन्दा बढिकाेको उपस्थिती मैले गित गाउदै गर्दा दर्शकहरु नाच्न र झुम्न थालेकाे समयमा त्यहाँ भएका स-साना महिला बालबालिकाहरु च्यापिन थालेपछि सुरक्षाकर्मीकाे भिडमा घुसेर राेक्न खाेज्दा लाठीचार्ज गर्नु भयाे ।

नाच्न नपाएपछि केटाहरुले प्रहरीलाई ढुङ्गा हान्न थाले र एकछिन माहाेल बिग्रेको हाे । करिब आधा घण्टा म्युजिक बन्द गरेपछि फेरि माहोल साम्य भयाे । बाकी गित गाएर कार्यक्रम सकाइयाे ।

यदि म माथी ढुङ्गा मुढा भएको भएपनि खुसी नै हुन्थे किन थाहा छ ? विना दर्शककाे खाली चाैरमा गित गाउनु पाे अपमान हाे ।

१० हजार बढि दर्शकले पैसा तिरेर मलाई हेर्न आउँछन् भने त म त खुसी खुसी ढुङ्गा नि खाइदिने हाे ।

कार्यक्रम भव्य र सभ्य भयाे भन्ने तर चाैरमा ४ जनन नि दर्शक नहुनुलाई भन्छ दर्शकले लखेटेकाे भनेर लखेट्नुलाई ढुङ्गा हान्नु पर्दैन उसकाे कार्यक्रम नै नहेर इग्नाेर गर्नु नै मन देखि विरोध गर्नु हाे ।

गायिका मगरले केहीलाई आफ्नाे फेसबुक स्टाटसमा केहीलाई गालि समेत गरेकी छन् ।

उनले स्टास्टमा लेखिकी छन्,` बिचरा ज्ञानेन्द्र शाही जि का भक्तहरु बाकी था नपाउने इनोसेन्ट पिपुल जसले जे भनेनि होला कि भनेर बिस्वास गर्नेहरु ।`

यस्तै, गायिका ज्याेति मगरकाे प्रस्तुतिमा केटाहरुले अल्लि बढि नै गर्दा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक छेदिलाल कामतीले जानकारी दिए ।