पाठेघर सफा गर्दा २२ वर्षीया युवतीको मृत्यु, ८ महिने छाेरीकाे बिचल्ली (भिडिओ)

आफन्त भन्छन अस्पतालकाे लापरबाही

सुर्खेत । दैलेखको आठबीस नगरपालिका-५, पिपलकोटकी २२ वर्षीया भीमा गुरुङ बलामी उपचारका लागि सुर्खेत आइन् ।

८ महिने छाेरी साथमा लिएर उनी दैलेख पिपलकाेटबाट उपचारका लागि सुर्खेत आएकी थिइन् । उनी सुर्खेत आएको दुई दिनपछि उनका श्रीमान नेपाली सेनामा कार्यरत २३ वर्षीया नवराज बलामी सुर्खेत पुगेका थिए ।

गत २६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित राना क्लिनिक एण्ड डायग्नाेस्टिक सेन्टर प्रालिमा भीमा र उनकी ठुली आमाले चेकजाँच गराउँदा पाठेघरमा समस्या देखायो ।

राना क्लिनिकका चिकित्सकले यहाँ उपचार गराउदा धेरै रुपैयाँ खर्च लाग्ने र वल्र्ड धेरै बग्ने हुँदा प्रदेश अस्पताल जान सल्लाह दिए ।

त्यसपछि उनीहरु २७ गते मंगलबार कर्णाली प्रदेश अस्पतालमा राना क्लिनिककाे सल्लाह बमोजिम उपचारका लागि प्रदेश अस्पताल गए । भीमा २८ गते बुधबार बिहानै उनी प्रदेश अस्पताल भर्ना भइन् ।

पाठेघर सफा गर्दैगर्दा केही समयपछि नै अस्पतालले उनलाई एक्कासि मृत घोषणा गरेको भीमाका श्रीमान नवराज बलामी बताए ।

नवराजका अनुसार श्रीमतीकाे मिन्स बिग्रेर पाठेघरमा किटाणुहरु जम्मा भएको उनकाे भनाइ छ । डाक्टरले भिडियो एक्सरे गर्दा याे सफा गर्नुपर्छ भनेकाे थियाे उनले भने । औषधी खाएर हुँदैन मेसिन हालेर सफा गर्नु पर्ने डाक्टरले नवराजलाई सल्लाह दिएका दिए ।

‘बिरामीलाई अप्रेसन गर्न लैजादा सहिछाप पनि गरेनन्, डाक्टरले बिरामी नर्मल छ भनिरहेका थिए,` उनले भने,`हामीलाई धेरै पटक वल्र्ड लिन पठाए । त्यहाँसम्म पनि मेराे श्रीमतीकाे अवस्था नर्मल छ भनिरहेका थिए । फेरि चार प्याकेट वल्र्ड लिन पठाए । त्यसपछि डाक्टरले तपाईंको बिरामी बाच्न सक्ने अवस्थामा छैन् भने । मैले भने अझै पनि केही हुन्छ भने म बाहिर लैजान्छु भनेको । उनीहरुले हामी प्रयास गरिरहेका छाैं आतिनु पर्दैन भनेर भित्र गए । केही समयपछि मलाई एक्लै एकान्तमा बाेलाएर तपाईंकाे बिरामीकाे मृत्यु भइसक्यो हामीले बचाउन सकेन भने ।`

अस्पतालमा परीक्षण गराउँदा ४ महिनाअघि सुत्केरी हुँदा पाठेघरमा सालनालका केही अंश बाँकी रहेको पाइएको प्रदेश अस्पताल निर्देशक डा: डम्बर खड्काले जानकारी दिए ।

पाठेघर सफा गर्दा सुत्केरी हुँदा हजारौंमा एककाे बच्चा बस्ने पानी अथवा रगतकाे थाेपा फाेक्साेमा मुटुमा भेटिन्छ; डा: खड्काले भने,`त्याे भयाे भने मान्छेकाे एक्कासि श्वास फर्ने गार्‍हो हुने हुन्छ । त्यसैले बचाउन सक्ने संभावना एकदमै कम हुन्छ । उहाँको पनि त्यस्तै हुन गएको हाे । एक्कासि बाेलिरहेकाे हिडिरहेकाे मान्छे एकैपटक मर्दाखेरि आफन्तहरुले लापरबाही भयाे भन्ने छ । त्याे हाेइन पत्ता लगाउने माध्यम पाष्टमार्टम हाे । पाष्टमार्टम गर्न सकिन्छ ।`

भिडिओ

उनका अनुसार उपचारमा लापरबाही नभएको बताए ।

भीमाका श्रीमानका अनुसार अस्पतालले बिहीबार दिउँसो ३ बजेतिर भीमालाई मृत घोषणा गरेको जानकारी दिए । यसपछि आक्रोशित आफन्तहरूले डाक्टरको लापरबाहीले भीमाको मृत्यू भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

प्रदेश अस्पतालले सामान्य पेट दुखेको मान्छेलाई उपचार गर्न नसकेर मार्छ भने प्रदेश अस्पताल खारेज हुनुपर्ने भीमाका श्रीमानले बताउदै आएका छन् ।

मृतकका आफन्तले तत्काल छानबिन गरी यस्ता गैरजिम्मेवार डाक्टरलाई बर्खास्तसँगै कानुनी कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् ।

भीमाको मृत्युसँगै अस्पताल परिसर तनावग्रस्त बनेकाे छ ।घटनाको छानबिन र उचित क्षतिपूर्ति हुनुपर्ने माग आफन्तहरूले गरेका छन् ।

पीडितहरुले चरणबद्ध आन्दोलन गरिरहेका छन् ।