मुगुका डिभिजन वन अधिकृतसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा

मुगु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मुगुका वन अधिकृत भरत बहादुर बुढथापासहित सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुगुको छायाँनाथ रारा नगरपालिका–१४ अन्तर्गत पर्ने चंखेली हिमालदेखि दुधताल सातदहसम्म पर्यटकीय मार्ग निर्माण गर्ने क्रममा उनीहरुले रकम हिनामिना गरेको भेटिएपछि विशेष अदालत काठमाडौंमा आज मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले आज मुद्दा दायर गरेका अन्यमा डिभिजन वन कार्यालय मुगुका सव–इन्जिनियर हिमाल कुमार मल्ल, सव–इन्जिनियर गोरसिंह बढुवाल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र बहादुर बुढा, उपाध्यक्ष गनलाल बढुवाल, कोषाध्यक्ष चौरसिला बुढा र सचिव लक्ष्मण बुढा रहेका छन् । अख्तियारले दायर गरेको मुद्दामा उनीहरुसँग २० लाख ४८ हजार ४०३ रुपैयाँ बिगो दाबी गरिएको छ ।

यस्तै, कनकासुन्दरी गाउँपालिका ८ की इमिला शाहीले पनि लुगाफाटो र नुनतेल गरौँला भन्ने आशाले सडकमा ढुंगा फुटाउनेदेखि माटो र बालुवा बोक्ने काम गरेको बताइन् । तर, काम गरेको ज्याला नपाएको उनको भनाई छ । उनले भनिन् ‘नखाई नलगाई २० दिन काम गरियो तर ज्यालाको नाममा सुक्को पाइएको छैन । ’ ठेकेदारको बेमाईनीका कारण ज्याला नपाएको उनले गुनासो गरिन् ।

मुनकली र इमिला जस्तै यो सडकमा काम गर्ने झण्डै तीन सय मजदुर ठगिएका छन् । काम सम्पन्न भएको दुई बर्ष भयो अहिलेसम्म ज्याला नपाएको उनीहरूले गुनासो गरेका छन् ।यो सडकमा काम गर्दा दैनिक उपभोग्य सामग्रीदेखि निर्माण सामग्री विक्रीवितरण गर्ने झण्डै एक सय बढी व्यापारीहरूले पनि पैसा नपाएको गुनासो गरेका छन् । ठेकेदारले पछि भुक्तानी दिने भनेर लिएका निर्माण सामग्रीको भुक्तानी नपाएका बताएका छन् । निर्माण सामग्रीको लाखौँ रकम भुक्तानी पाएका छैनन् ।

यो ठेक्काका विषयमा सुरुको काम गर्ने चरणमा काँग्रेसका जिल्ला सभापति कर्णबहादुर शाहीसँग सडक निर्माण कार्य सम्पन्नपछि बचेको रकम ६५ प्रतिशत र ३५ प्रतिशत आम्दानी लिने मौखिक सहमति भएको मजदुर किसान पार्टीबाट अघिल्लो स्थानीय तहको निर्वाचनमा निर्वाचित पूर्ववडाध्यक्ष रणबहादुर शाहीले बताए । उनले भने, ‘अहिले पनि त्यो टेलिफोन रेर्कड सुरक्षित नै छ । मौखिक सहमतिपछि भाई दत्त रोकायालाई काम गर्न लगाएको हो । पछि फेरि भाई दत्त रोकायसँग सम्झौता भएको रहेछ । अहिले एक करोड ५१ लाख भुक्तानी लिन बाँकी छ ।’

उक्त सडक निर्माणका पेटी ठेकेदार दत्त रोकायाका अनुसार ठेकेदारले भुक्तानी नदिएका कारण मजदुरको ज्यालादेखि निर्माण सामग्रीको भुक्तानी रोकिएको छ । उनले भने, ‘काँग्रेसको जिल्ला सभापतिसमेत रहेका ठेकेदार कर्णबहादुर शाही र उहाँका भतिजा दिपक शाहीले भुक्तानी नदिएका रहेछन् । यो विषयमा जिल्ला अदालत जुम्लामा मुद्दासमेत दायर भएको छ । एक करोड ५१ लाख भुक्तानी लिन बाँकी रहेको छ । ’अदालतमा मुद्दा दायर भएकाले न्याय प्राप्त हुने उनले बताए ।

मजदुरलाई ज्याला नदिएको ठेकेदार दिपक शाहीले स्वीकारे । यो ठेक्काका विषयमा मुद्दा परेकोले अदालतले ‘स्टे अर्डर’ गर्दा सडक डिभिजन कार्यालयबाट भुक्तानी लिन सकिएको छैन । सडकको निर्माण जिम्मेवारी लिएका ठेकेदार शाहीले भने, ‘यो ठेक्कामा कर्णबहादुर शाहीको कुनै संलग्नता छैन । सडक डिभिजन कार्यालयमा मेरो नाममा सम्झौता भएको छ । ६ करोड ७८ लाख रकमको ठेक्का सम्झौता हो । ३ करोड ७० लाख बजेटमा पेटी ठेकेदार दत्त रोकायासँग सम्झौता भएको हो । सम्झौता रकममध्ये २ करोड ९० लाख ७७ हजार भुक्तानी दिएका छन् । ’
पेटी ठेकेदार रोकायालाई भुक्तानी दिन बाँकी नरहेको उनले बताए ।

उक्त ठेक्कासँग जोडिएका सभापति शाहीले पटक पटक ताकेता गर्दा पनि काम नगर्दा तीन पटक ठेक्का रद्द गरिएको बताए । ‘रद्द गरिएको ठेक्काको पत्र बुझ्न नमानेपछि हुलाकबाट समेत पठाएका छौँ । हाम्रो कसैसँग रकम लिनु पनि छैन दिनु पनि छैन । हेपाया प्रबृत्तिले घटना बनाउन खोजिएको हो’, शाहीले भने ‘यो ठेक्का विषयमा अहिले मुद्दा लडिरहेका छौँ । अदालतले न्याय दिने अपेक्षा गरिएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख विरेन्द्र रावलका अनुसार १३ नम्बरको उक्त ठेक्का खड्का कृष्ण कन्ट्क्सन बाँकेका प्रतिनिधि पिदक शाहीसँग ०७७ सालमा सम्झौता भएको हो । उनका अनुसार सडक स्तरोन्नतिको म्याद थपसहित ०७८ कार्तिक २३ गते सम्पन्न मिति हो । त्यो सडक निर्माण कार्य सम्पन्न भई ५ करोड ७९ लाख भुक्तानी भईसकेको छ । अदालतमा मुद्दा चलिरहेकोले ८६ लाख रकम भुक्तानी बाँकी छ । ६ करोड ७८ लाख ठेक्का सम्झौता हो ।