आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा नरहेको प्रचण्डको दाबी

काठमाडौं  । आफू केही वर्षदेखि नै प्रधानमन्त्रीको रेसमा नरहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई छ । आज घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रेसमा भन्दा पनि आर्थिक विकास र समृद्धिलाई पहिलो प्राथमिकता आफूले बनाएको बताएका हुन।

अध्यक्ष प्रचण्डले राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य नभएको पनि दाबी गरेका छन्। मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा जनताको हातमा रहेको अध्यक्ष प्रचण्डले जिकिर गरेका छन् । चितवनका जनता सचेत र लोकतन्त्रका पक्षमा रहेको उनको भनाइ थियो।