प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको तयारी पूरा भएको छ –दिनेशकुमार थपलिया

काठमाडौं । आउँदो मंसिर ४ गते हुने चुनावको लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको तयारी पूरा भएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिएका छन् ।प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकार सम्मेलन गरेर भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म हुने उम्मेदवारी दर्ताको लागि आयोग तयारी अवस्थामा रहेको बताउका छन् ।

उनले ७७ वटै जिल्लामा निर्वाचन कार्यालय स्थापना गरेर सबै सामग्रीसहित निर्वाचन अधिकृत र कर्मचारी पनि तयारी अवस्थामा रहेको बताएका छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावको लागि भोलि प्रत्यक्षतर्फ उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।