मुगुमा बाढी, पहिरोपछि खानेपानी र बिजुलीको समस्या

मुगु । बाढी, पहिरोपछि मुगुमा खानेपानी र बिजुलीको समस्या भएको छ । सदरमुकाम गमगढीमा ४ दिनअघि गएको बाढीपहिरोपछि खानेपानीको हाहाकार भएको हो । त्यस्तै स्थानीय जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍याउँदा सदरमुकाममा बत्ती पनि छैन ।

झयारीदेखि गमगढीसम्मको कुल १७ किलोमिटर खानेपानी पाइपलाइनमध्ये बाढी पहिरोले २ किलोमिटर पाइपलाइन बगाएपछि खानेपानीको हाहाकार भएको हो ।बाढीपहिरोले चैनखोला जाने बाटो पनि भत्काइदिएपछि गमगढीका स्थानीय बासिन्दालाई पानीको समस्या भएको हो ।

त्यस्तै बाढीपहिरोले गमगाढ जलविद्युत् आयोजनाको ११ मिटर क्यानलसमेत भत्काइदिएको छ भने पावरहाउसको २ सय ५० केजी ट्रान्समिटर ढालेको र इन्टेकदेखि पावरहाउससम्मका १० वटा पोलसमेत ढलेका छन् ।