काठमाडौं। संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकोमा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बधाई दिएका छन् ।
आज सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री देउवाले सुनकलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अगाडि बढाउन उनीसँग काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन् ।
बेलायतका प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो । सन् १९८० मा साउथह्याम्पटनमा जन्मिनुभएका सुनकका बाबु आमा दुवै भारतीय मूलका हुनुहुन्छ । उनीहरू पूर्वी अफ्रिकाबाट बेलायत आएका हहुन् ।
ए.के. सञ्चार । ८ कार्तिक २०७९, मंगलवार ११:११