कालिकोटमा ५७ प्रतिशत मत खस्याे

  ।   ४ मंसिर २०७९, आईतवार २०:३०

कालिकोट । कालिकोटका सबै मतदान स्थलमा मतदान सकिएको छ । जिल्ला निर्वाचन कार्यालय कालिकोटले शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ ।

कालिकोट जिल्लामा ५७. ८१ प्रतिशत मत सकेकाे जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । कालिकोटमा दुईवटा निर्वाचन क्षेत्र रहेका छन् । १ सय ३ मतदान स्थलमा १ सय २४ मतदान केन्द्र राखिएको थियाे ।

जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरी ९ सय ८२ जना कर्मचारी खटाएको थियाे । कालिकोटमा ८० हजार ७ सय ३३ जना मतदाता रहेका छन् ।

Next Post

सुर्खेतको सिम्तामा मतदान पुन: सुरु

४ मंसिर २०७९, आईतवार २०:३०
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका ६ मा आइतबार स्थगित भएको केन्द्रमा मतदान सुरू भएको छ । निर्वाचन कार्यालयका अनुसार सिम्ता गाउँपालिका–६ को प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको मतदान सिम्ता बहुमुखी क्याम्पसमा सुरू भएको हो । मतदान अधिकृतको गल्तीका कारण प्रतिनिधि सभाको १०० मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि उक्त केन्द्रमा […]