कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको एकीकृत विकास योजना सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको एकीकृत विकास योजनाको अवधारणा सार्वजनिक गरिएको छ । आइतबार प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले वीरेन्द्रनगरको एकीकृत विकास योजनाको अवधारणा तयार गरेका हुन् ।

प्रदेश सभाको चौथौं बैठकले सुर्खेतको वीरेन्द्रनगरलाई कर्णाली प्रदेशको स्थायी राजधानी बनाउने घोषणा गरेको थियो । जसमा उच्च शिक्षाको केन्द्रको रुपमा विकास, पर्यटकीय महत्व, कृषि योग्य जमिनको संरक्षण, सुरक्षित आवास क्षेत्रको विकास र आवश्यकताको पूती जलाधार क्षेत्र निर्माण र पानीको व्यवस्थापन, हरियाली र वातावरण र आर्थिक विकास रोजगारी मुख्य योजनामा रहेका छन् ।

वीरेन्द्रनगरलाई सभ्य, सुन्दर, हरित, व्यवस्थित, समृद्ध शहरको रुपमा विकास गर्न यो अवधारणा ल्याइएको प्रदेश प्रमुख सचिव डा. गोपीकृष्ण खनालले बताए । नगरपालिकाको स्थानगत एकीकृत विकासको योजना अवधारणा आगामी जेठ मसान्तसम्म तयार गरिने उनले बताए ।

यस्तै, योजना कार्यान्वयन ०८० श्रावण १ गते देखि लागु हुने छ । एकीकृत विकास योजना हरेक २ बर्ष वीरेन्द्रनगर नगरपालिकाले सहकार्यमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट अद्यावधिक हुन् खनालले जानकारी दिए ।

प्रादेशिक राजधानीको विकासको दीर्घकालीन सोच, लक्ष्य, रणनीतिक प्राथमिकता सहित रणनीतिक योजना निर्माण गर्नेछ । काँक्रिविहारको ऐतिहासिक तथा सांस्कृतिक महत्वको संरक्षण पर्यटकीय गन्तव्यकारूपमा विकास गर्ने विशेष सांस्कृतिक योजना समेत तयार पारेको छ ।

यस्तै, प्रदेश राजधानीको सहर वीरेन्द्रनगरलाई व्यवस्थित गर्न सरकारको पहिलो प्राथामिता रहेको मुख्यमन्त्री राजकुमार शर्माले जानकारी दिए ।