सुर्खेत कपासे नजिकै बाेलेर जीप दुर्घटना

  ।   ८ असार २०७९, बुधबार १७:४७

सुर्खेत । कपासे नजिकै बाेलेर जीप दुर्घटना भएको छ । वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेकाे माैसमी राडरकाे मर्मत सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेकाे जल तथा माैसम विज्ञान कार्यालय काेहलपुर बाँकेकाे गाडी कपासेदेखी माथि माेडमा दुर्घटनामा परेकाे हाे ।

बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेकाे सशस्त्र प्रहरी बल रक्तकाली गण बाँगेशीमलका एसपी बिमल डाँगीले जानकारी दिए ।
उनका अनुसार दुर्घटजामा एक जनाकाे मृत्यु भएपनि उनकाे पहिचान खुलेकाे छैन् । दुर्घटनामा चार जना घाइते छन् । उनीहरुकाे कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Next Post

अन्तर्राष्ट्रिय ओलम्पिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

८ असार २०७९, बुधबार १७:४७
काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे ९दिवस० २०२२ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक दिवस मनाउने जनाएको छ । कमिसनले लगनखेलस्थित नेपाली सेना खेलकुद तथा शारीरिक तालिम केन्द्रमा दिउसो विविध कार्यक्रम […]