कर्णालीमा राप्रपाद्धारा समर्थन फिर्ता

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेश सभा सदस्य सन्तोषी शाही कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएकी हुन् ।

प्रदेश सभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियार सामु मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएकी छन् ।

केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।