राष्ट्रिय भलिबल: तेस्राे दिनमा तीन विभागीय टोलीसँगै गण्डकीको जीत

सुर्खेत । सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई सोझो सेटमा हराएको छ । आइतबार भएको खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २५-१०, २५-१३ र २५-१७ ले जीत हात पारेको हो ।


अर्को खेलमा गण्डकीले मधेश प्रदेशलाई पनि सोझो सेटमा हराएको छ । गण्डकीले मधेशमाथि २५-११, २५-१९ र २५-१३ को जीत निकालेको हो ।

आज भएको तेस्रो खेलमा एपीएफ क्लवले लुम्बिनी प्रदेशलाई ३-१ सेटमा हराएको छ । लुम्बिनीको कठिन चुनौतीको सामना गर्दै एपीएफले २५-२२, २३-२५, २५-२२ र २५-१५ ले लुम्बिनीमाथि जीत निकालेको छ ।

आजै भएको अर्को खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३-१ को सेटमा हराएको छ । आर्मीले सुदूरपश्चिमलाई २५-१५, २१-२५, २५-१४ र २५-१८ ले जितेको हो ।

प्रतियोगिता अन्तर्गत सोमबार मधेस र लुम्बिनी, नेपाल पुलिस र कोशी, बाग्मती र लुम्बिनी तथा त्रिभुवन आर्मी र कर्णालीबीच खेल हुनेछ ।

नेपाल भलिबल संघको आयोजना र कर्णाली प्रदेश भलिबल संघको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल पुस २६ गते हुनेछ ।