आर्मीलाई पराजित गर्दै गण्डकी तेस्रो स्थानमा

सुर्खेत । ३४ औँ राष्ट्रिय भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश तेस्रो स्थान हासिल गरेको छ ।

आर्मीलाई ३(१ को सेटमा पराजित गर्दै गण्डकीले तेस्रो स्थान हासिल गरेको हो । गण्डकीले समूह चरणमा आर्मीसँग ३-० को सोझो सेटमा हार व्यहोर्नु परेको थियो ।

बिहीबार विरेन्द्रनगरको खुल्लामञ्चमा भएको रोमाञ्चक प्रतिस्पर्धामा गण्डकीले २५-२२ ले जित्न सफल भएको थियो ।

दोस्रो सेटमा आर्मीले २६-२४ को प्रतिस्पर्धात्मक खेलमा १–१ सेटको बराबरीमा पुगेको थियो ।

तेस्रो सेट गण्डकीले २६-२४ ले जित हात पार्‍यो । चौथो सेटमा गण्डकीले २५-२२ ले प्रतिस्पर्धात्मक र रोमाञ्चक जित्न सफल भएको भयो ।

आज हुने अर्को खेलमा उपाधिका लागि दुई विभागीय टोली नेपाल एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

गत २० पुसबाट सुरु भएको प्रतियोगितामा आजै सम्पन्न हुनेछ ।