भि-बाेन ब्राण्डका आधुनिक फर्निचरका कुर्सी अब सुर्खेतमा

सुर्खेत । भारतीय कम्पनी भि-बाेन ब्राण्डका आधुनिक फर्निचरका कुर्सीकाे शाेरुम कर्णाली प्रदेश राजधानी सुर्खेतमा सुरु भएको छ । वीरेन्द्रनगर–६, बुद्धपथस्थित टिडी डेकोर हबले डिलर लिएको हो ।

ग्राहकहरुलाई लक्षित गरि सुरु भएको उक्त शाेरुममा   न्यूनतम् १० हजारदेखि अधिकतम् १ लाख २९ हजारसम्मका कुर्सी बिक्रीमा राखिएको छ ।

२१ वटा मोडलमा कुर्सीहरू उपलब्ध रहेको डेकोरका सञ्चालक देवेन्द्र अधिकारीले बताए । प्रत्येक  कुर्सीमा दुई वर्षको वारेन्टी दिइएको छ । अधिकारीका अनुसार बिक्रीसँगै सर्भिस सेन्टर पनि छिट्टै सञ्चालनमा ल्याइने  जानकारी दिए । भारतीय कम्पनीले नेपालका विभिन्न सहरहरूमा बिक्रीका लागि ३६ वटा डिलर सञ्चालनमा रहेकाे कम्पनीका प्रतिनिधि पर्बिन श्रीबास्तब  बताए ।

यस ब्रान्डका कुर्सीहरू अफिस, घर र व्यवसायमा प्रयोग गर्न सहज हुने श्रीबास्तबले जानकारी दिए । भि–बोनका कुर्सी आरामदायीसँगै स्वास्थ्यलाई पनि लाभ हुने गरेकाे उनको भनाइ छ ।