कर्णालीमा एन्फा महिला लिग छनौट फुटबल प्रतियोगिता भाेलिदेखि

सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा एन्फा महिला लिग–२०२४ छनौट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता वैशाख ७ शुक्रबार गते देखि २० गते सम्म हुने सञ्चालन हुने आयाेजकले जनाएको छ ।

प्रतियोगितामा कर्णाली प्रदेश, सुदुरपश्चिम प्रदेश, बाग्मति प्रदेश, लुम्बीनी प्रदेश, मधेश प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को समन्वय र जिल्ला फुटबल संघ सुर्खेतको सह–आयोजनामा उक्त प्रतियोगिताका हुन लागेको नेपाल फुटबल संघकाे कन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला अध्यक्ष रविन्द्र चन्दले जानकारी दिए ।

चन्दका अनुसार प्रतियोगिता Single Rounfd Robin लिगका आधारमा संचालन हुनेछ। यस्तै, शिर्ष ३ टिम एन्फा महिला लिग २०२४ को दोस्रो चरणमा प्रवेश गर्नेछ भने दोस्रो चरण प्रवेश गर्ने टिमले आर्मी फुटबल क्लब, सशस्त्र फुटबल क्लब, पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।