रक्तदाता समाज सुर्खेतको अध्यक्षमा सिंह चयन

सुर्खेत । नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेतको अध्यक्षमा अशोककुमार सिंह चयन भएका छन् ।

वीरेन्द्रनगरमा शनिबार भएको प्रथम अधिवेशनबाट सिंह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यस्तै, उपाध्यक्षमा कृति गुभाजु शाक्य, सचिवमा पुनम विसी, कोषाध्यक्षमा विकास गिरी र सहसचिवमा सुरेश आचार्यलाई सर्वसम्मत चयन गरेको हाे ।

साथै, सदस्यमा मालति विके, महेन्द्र थापा, ओमबहादुर बुढा, भोजप्रसाद आचार्य, सन्तोष योगी, प्रवेश शर्मा र दान बहादुर सिंह रहेका छन् भने सल्लाहकार समितिमा प्रवाश कुमार शाक्य, सुदर्शन श्रेष्ठ, लक्ष्मण कँडेल, सुशिलराज शर्मा, देपेन्द्र केसी र पूर्णप्रसाद गैह्रे चयन भएको छन् ।

समाजका तत्कालीन अध्यक्ष एवं कर्णालीका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्यले नयाँ कार्यसमितिले प्रदेश राजधानीका स्थानीय पालिकाहरुलाई नागरिकलाई रगत चाहिँदा रक्त परिक्षणमा लाग्ने शुल्क निशुल्क गराउनलाई पहल गर्न अनुरोध गर्ने बताएका छन् ।

विरामीलाई रगत चाहिएको समयमा रक्तदान दिएकाे उनले भने,` विरामीले त्यो दानमा पाएको रगतको परिक्षण शुल्क तिर्दा रगत खरिद गरिएको आभाष भएको छ । यस बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापनपत्र बुझाएका थियौं । तर, त्यो अझै कार्यान्वयनमा हुन् सकेन् ।`

नेपाल रेड्क्रस सोसाइटीले सञ्चालन गरिरहेको रक्तसञ्चार केन्द्रको स्तरबृद्धि गर्नुपर्ने तत्कालीन अध्यक्ष शाक्यले जाेड दिए ।