कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि १ अर्ब १६ करोड

सुर्खेत । कर्णाली सरकारले गरिबी निवारण र रोजगारी, प्रदेश सरकारको जिम्मेवारी कार्यक्रमका लागि १ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ ।

शनिबार अर्थमन्त्री महेन्द्र केसीले मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत बेरोजारले रोजगार व्यक्तिलाई रोजगारीको अवसर उपलब्ध गराउन उक्त बजेट विनियोजन गरेको बताएका हुन् ।

उक्त कार्यक्रमबाट कर्णालीका ७९ वटै स्थानीय तहका १६ हजार व्यक्तिले बेरोजारले रोजगार पाउने बताएका छन् ।

कर्णाली समृद्धि परियोजनामार्फत श्रम तथा सिपको नक्साङ्कनको आधारमा उद्यमशिलता विकास रोजगार मेला, सिप विकास कार्याक्रम सञ्चालन गरिने अर्थमन्त्री केसीले जानकारी दिएका छन् ।

साथै, विदेशबाट फर्किएका व्यक्तिले प्राप्त गरेको सिप, अनुभव, पँजी, ज्ञान तथा सम्बन्धन सञ्जालको उपयोग गरि उत्पादन तथा रोजगारीमा जोड्न स्थानीय उद्योग तथा व्यवसाय प्रबर्द्धनमा जोड दिइने अर्थमन्त्री केसीले बताए ।

कर्णाली प्रदेशका विषयगत मन्त्रालयले सञ्चालन गर्ने सिप, विकास, तालिम, उत्पादन, प्रोत्साहन, प्रसोधन केन्द्र स्थापना, बजारीकरण लगायतका उत्पादन र रोजगारीसँगका सम्बन्धित कार्यक्रम क्रमश कर्णाली समृद्धि परियोजनासँग आबद्ध गरेर लिएर जाने अर्थमन्त्री केसीले भने ।