महामन्त्रीमा निरञ्जन कुमार केसी र कृष्ण बहादुर रोकाय विजय

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश समितिको महामन्त्रीमा निरञ्जन कुमार केसी र कृष्ण बहादुर रोकाय विजय भएका छन् । केसीले ४२५ र रोकायले ४२३ मत प्राप्त गरी विजय भएका हुन् । विजय दुवै जना संस्थापन (सभापति शेरबहादुर देउवा) समुहका हुन् ।

महामन्त्रीका प्रतिस्पर्धी कृष्ण कुमार विसीले ३१४ र खगेन्द्र बहादुर मल्लले २८२ मत प्राप्त गरी पराजीत भएका छन् ।