
सुर्खेत । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले सुर्खेतमा ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ सञ्चालनमा ल्याएको छ । भदौ ११ गतेदेखि सुरु भएको मेला आगामी १६ गतेसम्म सुर्खेतको मंगलगढीचोकस्थित पुरानो बसपार्क परिसरमा जारी रहनेछ ।
मेलाको क्रममा ग्राहकहरूले आफ्ना जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज बाइक लैजान सक्ने सुविधा पाउने छन् । यस क्रममा कम्पनीले पुराना साधनको मूल्याङ्कनमा अतिरिक्त १० हजार रुपैयाँसम्म बोनस प्रदान गर्ने जानकारी सुर्खेतस्थित बजाजका आधिकारिक विक्रेता असिम अटोपार्टका लक्ष्मण कंडेलले दिएका छन् ।

मेला अवधिभर नयाँ मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले सजिलो प्रक्रिया मार्फत मात्र नागरिकता देखाएर मोटरसाइकल किन्न सक्नेछन् । साथै, ‘अन–द–स्पट’ फाइनान्स सुविधा, मासिक किस्ता योजनासहितको खरिद विकल्पसमेत उपलब्ध गराइएको छ ।
‘नयाँ जीवनको तयारी, बजाजको सवारी’ भन्ने नारासहित सञ्चालन गरिएको मेलामा ग्राहकहरूले नगदमा ७ हजार ५०० रुपैयाँसम्म छुट पाउनेछन् । त्यस्तै, हेल्मेट, बाइक कभर, लेग गार्ड, ल्यापटप ब्याग लगायतका निःशुल्क एसेसारिजसमेत पाउने व्यवस्था गरिएको छ ।
