कालीकोटको नरहरिनाथमा कांग्रेसको अग्रता

सुर्खेत । कालीकोटको नरहरिनाथ गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नगेन्द्रबहादुर विष्टले आफ्नो अग्रता कायम राखेका छन् ।

करिब ५ हजार ६२३ मतगणना हुँदा बिष्टको १ हजार ७१६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार टेकबहादुर बुढाले १ हजार ६१० मत प्राप्त गरेका छन् । यस्तै (एकिकृत समाजबादी) का उम्मेदवार धिरबहादुर बिष्टले १ हजार ५४२ मत ल्याएका छन् । उनी निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुन् । यस्तै स्वतन्त्रका उम्मेदवार एटम वि.सिको ७०१ मत रहेको छ ।

गाउँपालिकामा उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का कमलकुमार शाहले १ हजार ८५२ मत प्राप्त गरेका भने नेपाली काँग्रेसका सिता रावलले १ हजार ५४४ मत प्राप्त गरेकी छन् । यस्तै नेकपा एमालेबाट जमुनाकुमारी शाहीले १ हजार ४७१ मत पाएकी छन् ।