सुर्खेत । आगामी प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ सुर्खेतबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार झकबहादुर मल्लले आफ्नो मनोनयन दर्ता गराएका छन्।

मंगलबार दिउँसो करिब साढे १२ बजे मुख्य निर्वाचन कार्यालय पुगेर मल्लले औपचारिक रूपमा उम्मेदवारी दर्ता प्रक्रिया पूरा गरेका हुन्।
झकबहादुर मल्लका प्रस्तावक कर्णाली प्रदेशसभाका पूर्व उपसभामुख पुष्पा घर्ती विष्ट र समर्थक खड्ग केसी रहेका छन्।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका मल्ल यो पहिलोपटक संसदीय निर्वाचनमा भाग लिँदैछन्।
दीर्घ समयदेखि पार्टी संगठन र राजनीतिक क्षेत्रमा सक्रिय रहेको मल्लको उम्मेदवारीले सुर्खेत क्षेत्र नं. २ को प्रतिस्पर्धा अझै उत्साहजनक हुने विश्वास गरिएको छ।
नेपाली राजनीतिक पार्टीहरूले आगामी प्रतिनिधि सभा चुनावका लागि उम्मेदवारी दर्ता प्रक्रिया जारी राखेका छन्।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार








