उपत्यकामा एकै दिन झण्डै तीन हजार जना संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकै दिन झन्डै तीन हजार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौँमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा हाल ९०१ जना विभिन्न अस्पतालको आइसोस लनमा उपचाररत छन् । जसमध्ये ११६ जना आइसियु र ५९ जना भेन्टिलेटरमा उपचाररत छन् ।