कैलाली । कैलालीमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ ।
लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने भुपेन्द्र बडुवालको हत्या भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
हत्या आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेकाे छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार दुई समूहबीच झडप हुँदा घटना भएको हो । टीकापुरमा रहेको कृषि हाट बजार नजिकै बडुवाललाई तीन/चार जनाको समूहले लखेट्दै चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनाबारे सुदूरपश्चिम प्रदेश प्रहरी, जिल्ला र इलाका प्रहरी कार्यालय टीकापुरको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ ।
ए.के. सञ्चार । २४ कार्तिक २०७८, बुधबार १२:३०