सुपर लिगको उपाधिका लागि धनगढी र काठमाडौंबीच प्रतिस्पर्धा

काठमाडौं । नेपाल सुपर लिगको उपाधिका लागि आज दुई टोलीबीच अन्तिम प्रतिस्पर्धा हुदैछ । पहिलो संस्करणको प्रतियोगिताको उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उपाधि खेल आज साँझ हुनेछ । धनगढीले पहिले क्वालिफायरमा काठमाडौंलाई नै पराजित गरेर फाइनलमा स्थान बनाएको थियो भने दोस्रो मौका पाएको काठमाडौंले ललितपुर सिटी एफसीलाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।