रेशम वलीको तिज गीत रिमझिमे झरि सार्वजनिक ( भिडियो )


सुर्खेत । यो महिनामा तिजका गीतहरुको सुटिङ्ग गर्न भ्याइनभ्याई छ । यस्तै जमिनै थरर (भाग २) रिमझिमे झरि तिज गीतको म्युजिक भिडियो बजाएमा आएको छ ।

पछिल्लो समयमा सामाजिक सञ्जाल टिकटकमा पनि उत्तिकै चर्चा पाउन सफल यस गीतले सबैको मन जित्न सफल भएको छ । रेशम वलीको जमिनै थरर (भाग २) रिमझिमे झरि तिज गीतमा सुर्खेतकि लोकप्रिय गायिका टिका पुन र सुनिता बुढा क्षेत्रीले आवाज दिएकी छन् ।

यस गीतमा चेलीवेटिको दुखलाई समेटिएको छ । गीतमा शब्द तथा संङ्गीत रेशम वली र कवीराज गिरीको छ भने एरेन्ज झलक संगितम्ले गरेका छन् । गीतको छायाङ्कन अर्जुन सापकोटाले गरेका छन् ।

म्युजिक भिडियोलाई सम्पादन अंकित खाड ठकुरीले गरेका छन् भने निर्देशन चन्द्र मन्दिरले गरेका हुन् । म्युजिक भिडियोमा लक्ष्मी गिरी, ममता खड्लुक र कवीराज गिरीको अभिनय रहेको छ ।

भिडियोको कोरियोग्राफर रमेश शाही र प्रेम थापा मगरले गरेका छन् । म्युजिक भिडियोको ड्रेस, मेकअप इन्द्र जित खड्काले गरेका हुन् । रमेश वली युट्ब च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।