सामाजिक विकास मन्त्री बुढाक्षेत्रीको एक महिने कामको विवरण सार्वजनिक

कोरोना नियन्त्रणदेखि राउटे नीतिसम्म

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले एक महिनामा गरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् । जेठ २३ गते पदभार ग्रहण गरेका मन्त्री बुढाक्षेत्रीले स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायतका क्षेत्रमा गरेका महत्वपूर्ण नीतिगत निर्णयहरु सार्वजनिक गरेका हुन् ।

मन्त्री बुढाक्षेत्रीले पदभार ग्रहण गरेकै दिन कर्णालीका १० वटै जिल्लामा कोभिड रोग नियन्त्रणका १० वटै जिल्लामा आवश्यक बजेट छुट्याउने निर्णय गरेका थिए ।

उनले रुकुम पश्चिममा १६ लाख ३९ हजार, सल्यान १७ लाख ४३ हजार १२५, सुर्खेत २६ लाख २७ हजार ६२५, दैलेख १९ लाख ५२ हजार ५००, जाजरकोट १६ लाख ९६ हजार ८००, डोल्पा १४ लाख ३५ हजार ५००, जुम्ला १२ लाख ८६ हजार, कालिकोट १६ लाख ३६ हजार ५००, मुगु ९ लाख ७३ हजार १९०, हुम्ला १० लाख ५३ हजार ५०० रकम सम्न्धीत जिल्लामा पठाइएको थियो ।

यस्तै विपद्मा क्षति भएका जुम्ला, हुम्ला, कालिकोट, दैलेख, सुर्खेत र जाजरकोटका विद्यालयहरुलाई आवश्यक बजेट निकासा, कर्णालीका जीर्ण विद्यालयको भवन मर्मत तथा घेरबारका लागि आवश्यक रकम जिल्लास्थित कार्यालयहरुलाई निकासा, विभिन्न स्थानीय तहहरुमा आवश्यक औषधि, सिलिण्डर तथा अक्सिजन कन्स्टन्टेटर वितरण गरिएको छ ।

सुर्खेतको पन्चपुरी नगरपालिका २ मा रहेको प्राथमिक स्वाथ्य केन्द्र सालकोटमा असार १५ गतेदेखि विशेषज्ञ स्वास्थ्य सेवाको शुभारम्भ,कोभिड नियन्त्रणका लागि कर्णाली प्रदेशका विभिन्न स्थानीय तहहरुलाई आवश्यक सामाग्री तथा औषधी एवम् आइसोलेसन ब्यवस्थापनका लागि १४ करोड ७२ लाख २० हजार रकम निकासा समेत गरिएको छ ।

त्यस्तै प्रादेशिक रंगशाला निर्माणका लागि ३५ करोड रकम विनियोजन एवम् रंगशालालाई प्रदेश गौरवको योजनामा समावेश गरी कर्णालीका १० वटै जिल्लामा खेलकुद पूर्वाधार निर्माणका लागि एक–एक करोड विनियोजन गरिएको छ ।

वीरेन्द्रनगरस्थित कभर्ड हल निर्माणको लागि १४ लाख ३२ हजार निकासा, सुर्खेतको पन्चपुरी न.पा. वडा नं २ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र सालकोटलाई पुँजीगत मर्मत सम्भार अन्र्तगत १० लाख रुपैयाँ निकासा गरिएको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिकामा कभर्ड हल निर्माणका लागि १५ लाख, संक्रमण रोग अस्पताल निर्माणका लागि प्रक्रिया सुरु, बैंक खाता छोराीको ः सुरक्षा जीवनभरीको कार्यक्रम अन्र्तगत सबै स्थानीय तहहरुलाई आवश्यक रकम निकासा गरिएको छ ।

कोरोना महामारीमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि ५० प्रतिशत जोखिमभत्ता निकासा, लोपोन्मुख राउटे समुदायका लागि नीति तयार र खेलकुद कार्यक्रम र खेलाडी प्रोत्साहनका लागि रकम निकासा जस्ता महत्वपुर्ण कामहरु गरेको सामाजिक विकास मन्त्रीका निजी सचिव शिशिर कुमार खड्काले जानकारी दिए ।