जेठी श्रीमतीसँग धर्मेन्द्रको तस्बिर सार्वजनिक, मुमताजले दिइन् अभिनेतालाई ‘सरप्राइज’

बलिउड अभिनेता धर्मेन्द्र सधैं लाइमलाइटमा रहन्छन् । अभिनेता अहिले पनि आफ्नो व्यवहार र अन्दाजले प्रशंसकमाझ चर्चित छन् । धर्मेन्द्र आफ्नो परिवारसँगको फोटो धेरैजसो सेयर गरिरहन्छन् ।

पछिल्लो जमानाकी स्टार मुमताज हालै धर्मेन्द्रलाई भेट्न उनको निवास पुगेकी थिइन् । मुमताज धर्मेन्द्रकी सहकर्मी थिइन् । मुमताज आफ्नी बहिनीसँग धर्मेन्द्रलाई भेट्न पुगेकी हुन् । यी दुईबीचको भेटघाटको तस्बिर सोसल मिडियामा भाइरल भइरहेको छ । यसबाहेक अर्को एउटा तस्बिर पनि भाइरल भइरहेको छ जसमा मुमताजसँग धर्मेन्द्रकी जेठी श्रीमती प्रकाश कौर देखिएकी छिन् ।

धर्मेन्द्रलाई भेट्न पुगिन् मुमताजः

धर्मेन्द्रले इन्स्टाग्राम स्टोरीमा फोटो राखिएका एउटा भिडियो सेयर गरेका छन् जसमा यी अनस्क्रिन जोडीको सुपरहिट गीत ‘मे तेरे इश्कमा मर ना जाउँ कहिँ’ बजिरहेको छ । मुमताजले पनि इन्स्टाग्राममा धर्मेन्द्रसँग आफ्नो एउटा फोटो सेयर गरेकी छिन् जसमा उनी एक अर्कासँग पोज दिइरहेको देखिएका छन् ।