प्रदेश -२ लोक सेवा आयोगद्धारा २ सय बढि कर्मचारी भर्नाको विज्ञापन प्रकाशित

काठमाडौं । प्रदेश -२ लोक सेवा आयोगले विभिन्न पदका दुई सयभन्दा धेरै सिटमा कर्मचारी भर्नाको विज्ञापन प्रकाशित गरेको छ ।

 

आयोगले आज (बिहीबार) नवौं र एघारौं तहको बढुवा तथा सातौं तहको खुला र बढुवाको विज्ञापन प्रकाशित गरेको हो ।

 

प्रदेश २ लोक सेवा आयोगले कर्मचारी भर्नाका लागि विज्ञापन खुलाएको यो तेस्रो पटक हो ।

 

यसैगरी बढुवामार्फत् पदपूर्ति गर्न एघारौं तहमा ५ जना र नवौं तहमा ६६ जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ ।