सूचना विभागले अब प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनबाटै गर्ने

काठमाडौं । सूचना तथा प्रसारण विभागले अब प्रेस प्रतिनिधि प्रमाणपत्र अनलाइनबाटै दिने भएको छ। विभागले सूचना जारी गर्दै साउन १० देखि अनलाइन सेवा सुरू गर्न लागेको हो। विभागका अनुसार नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकको परिचयपत्र, नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरण कार्यहरू अनलाइनमार्फत हुनेछन्।

यस्तै साउन १० देखि सेवाग्राहीको प्रत्यक्ष उपस्थितिमा हुने सेवा प्रवाह दिउँसो १ बजेसम्म मात्रै रहने विभागले जनाएको छ।

सेवाग्राहीको प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र काठमाडौं उपत्यकाको हकमा निवेदन दिएको भोलिपल्टबाट विभागबाट उपलब्ध गराइने छ।

उपत्यकाबाहिरका सेवाग्राहीको हकमा सेवाग्राहीको मागअनुसार विभाग वा सम्बन्धित जिल्ला हुलाक कार्यालयबाट उपलब्ध गराउने व्यवस्था गरिने विभागले जनाएको छ।