२०८२ असार १० , मंगलबार

शनिवार देखि लामो दूरीको सार्वजनिक यातायात चल्ने



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलि ९शनिबार० बाट यातायात व्यवसायीहरूलाई लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने अनुमति दिएको छ।

गृह मन्त्रालयले साउन ५ गते यातायात सञ्चालनको व्यवस्था गर्न सबै जिल्लालाई परिपत्र जारी गरेपछि सञ्चालन गर्न दिने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

पराजुलीका अनुसार शुक्रबार सबै यातायात व्यवसायीहरूसँगको छलफलपछि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी यातायात सञ्चालन गर्ने सहमति भएको हो।

प्रकाशित मिति : २०७८ साउन ८ गते शुक्रबार